सांसद डिएन शेर्पाको पहलमा स्यामा र गोकुलगँगा जोड्ने खिम्ति खोलामा पक्कि पुल बन्ने

2 weeks ago/Tuesday, June 8th, 2021

जिरी (दोलखा), २५ जेठ ।

दोलखाको जिरी नगरपालिका ल्होसास्थित खिम्ती खोलामा पक्की पुल निर्माण हुने भएको छ ।

बागमती प्रदेशभाका समानुपाति सांसद आङदेण्डी शेर्पाको पहलमा जिरी नगरपालिका १ स्यामाको ल्होसा र गोकुलगंगा गाउँपालिका १ को खाहरे जोड्नेगरी खिम्तीखोलामा पक्की पुल निर्माण हुने भएको हो । त्यसका लागि भौतिक पूर्वाधार मन्त्रालय हेटौंडा मातहत सिन्धुपाल्चोकमा रहेको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले यही जेठ २१ गते बोलपत्र आवह्वान गरेको छ । सो पुल निर्माणको लागि ३ करोड ७१ लाख बजेट परेको छ । भर्खरै बोलपत्र आव्हान भएकोले ठेकेदार कम्पनी छनौटपछि बहुवर्षीय योजना अन्तर्गत खिम्ती खोलामा आगामी आर्थिक वर्ष पुल निर्माण सुरु हुनेछ । पुल निर्माण भौतिक पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोक मार्फत हुनेछ ।

जिरी नगरपालिका र गोकुलगंगा गाउँपालिका जोड्ने सो स्थानमा पुल नहुँदा स्थानीयले खेप्नुपरेको सास्ती देखेर आफुले प्रदेश सरकारमा बजेटका लागि पहल गरेर बजेट पारेको र बोलपत्र आव्हान भईसकेका कारण निर्माणको प्रक्रिया अघि बढ्ने सांसद शेर्पाले बताउनुभयो ।

सो पुल निर्माणको लागि ३ करोड ७१ लाख बजेट परेको छ । भर्खरै बोलपत्र आव्हान भएकोले ठेकेदार कम्पनी छनौटपछि बहुवर्षीय योजना अन्तर्गत खिम्ती खोलामा आगामी आर्थिक वर्ष पुल निर्माण सुरु हुनेछ । पुल निर्माण भौतिक पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोक मार्फत हुनेछ । जिरी नगरपालिका र गोकुलगंगा गाउँपालिका जोड्ने सो स्थानमा पुल नहुँदा स्थानीयले खेप्नुपरेको सास्ती देखेर आफुले प्रदेश सरकारमा बजेटका लागि पहल गरेर बजेट पारेको र बोलपत्र आव्हान भईसकेका कारण निर्माणको प्रक्रिया अघि बढ्ने सांसद शेर्पाले बताउनुभयो ।

जिरी नगरपालिका १ स्थित स्यामा स्थायी घर भएका सांसदले करिब दुई वर्षदेखि आफुले पुल निर्माणको लागि पहल गरेको र अब बाँकी आफ्नो दुई वर्षे कार्यकालभित्र पुल निर्माण सम्पन्न गर्ने योजना रहेको बताउनुभयो । दोलखा र रामेछाप गरी दुई जिल्ला जोड्ने ल्होसास्थित खिम्ती खोलामा पक्की पुल नहुदा स्थानीयहरुले एक स्थानबाट अर्काे स्थानमा पुग्न तथा आवतजावत गर्न निकै सास्ती व्यहोर्दै आएका छन् । वारिपारी सडक बाटो रहेपनि बीचमा खोलामा पुल नभएपछि बर्खा याममा मानिस आवतजावत गर्न मात्रै नभएर सवारी साधनहरु पनि सहजै गुडाउन नसक्दा समस्या हुने गरेको श्यामाका स्थानीय तेन्जी लामाले बताउनुभयो ।

ल्होसाबाट पारीपट्टी तर्न र खहरेबाट वारी आउनका लागि अन्य मार्ग नभएपछि मानिसहरु सोही बाटो जोखिम मोलेर हिड्ने गरेका छन् । अब सो स्थानमा ८ मिटर चौडाईको मोटेरेबल पुल निर्माण हुने भएपछि स्थानीयलाई पैदल आवतजावत गर्न र सवारीसाधन गुडाउन समस्या हुने छैन । सो पुल निर्माण भएपछि विशेषगरी जिरी नगरपालिकाको माली र स्यामा तथा गोकुलगंगा तथा उमाकुण्ड गाउँपालिकाका नागरिक लाभान्वित हुनेछन् ।

२५ जेठ, २०७८ । ३ः५० बजे प्रकाशित ।

VIEWS: 6470 पटक हेरीएको
error: Content is protected !!