सात महिनाको विकास समिक्षाः शैलुङ गाउँपालिकामा २१ प्रतिशत मात्रै बजेट खर्च

2 weeks ago/Saturday, February 20th, 2021

करुणा बस्नेत ।

दोलखा, ८ फागुन ।

दोलखाको शैलुङ गाउपालिकामा चालु वर्ष १ सय ४१ वटा योजना सञ्चालन हुनेमा हालसम्मको अवधिमा २८ वटा योजना मात्रै सम्पन्न भएको छ ।

शैलुङ गाउाँपलिकामा चालु वर्ष संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाबाट सञ्चालित १ सय ४१ वटा योजनामध्ये ६ महिनाको अवधिमा २८ वटा योजना मात्रै सम्पन्न भएको हो । संघीय सरकारबाट सर्शत अनुदानमा ५ वटा, प्रदेश सरकारबाट ४, वडास्तरबाट ६१ र गाउँपालिकास्तरबाट ७१ वटा योजना सञ्चालन भएकोमा चालु वर्षको हालसम्म २८ वटा योजनाको काम सम्पन्न भएकोे गाउँपालिकाका योजना शाखा प्रमुख बलराम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सम्पन्न भएका २८ वटा योजना सम्पन्न भएर पनि रकम भुक्तानी समेत भइसकेको छ ।

गत वर्ष सम्पन्न हुन बाँकी रहेको ४ वटा योजना र चालु वर्षको सम्पन्न भएका २८ योजनाको ३ करोड ३८ लाख ८६ हजार भुक्तानी भएको योजना शाखाले जनाएको छ । चालु वर्षको हालसम्मको अवधिमा न्युनतम २ लाखदेखि अधिकतम २० लाखसम्मका योजना सम्पन्न भएका छन् । भुक्तानी भएको सबैभन्दा सानो योजनामा सेतिदेवी मन्दिर २ लाखको र ठुलो योजनामा २० लाखको वडा नम्बर १ को जुगे–गेई सडक रहेको छ । यस्तै विरेन्द्र मावि थाली सडक, ढुंगे कालापानी सडक, वडा नम्बर ३ को बोत्ले खेल मैदान १५÷१५ लाखको योजना सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

संघीय सरकारबाट सर्शत अनुदानमा ५ वटा, प्रदेश सरकारबाट ४, वडास्तरबाट ६१ र गाउँपालिकास्तरबाट ७१ वटा योजना सञ्चालन भएकोमा चालु वर्षको हालसम्म २८ वटा योजनाको काम सम्पन्न भएकोे छ । गाउँपालिकामा चालु वर्ष सञ्चालन हुने योजनामध्ये अझै १ सय १३ वटा योजनाको काम हुन बाँकी रहेको गाउँपालिकाले जनाएको छ । ती मध्ये दुई वटा योजना भने सम्झौता नै हुन सकेको छैन । सात महिनामा विकासतर्र्फ २१ दशमलव ५ प्रतिशत मात्रै रकम खर्च भएको छ ।

गाउँपालिकामा चालु वर्ष सञ्चालन हुने योजनामध्ये अझै १ सय १३ वटा योजनाको काम हुन बाँकी रहेको गाउँपालिकाले जनाएको छ । ती मध्ये दुई वटा योजना भने सम्झौता नै हुन सकेको छैन । जसअनुसार वडा नम्बर ४ स्थित माछा पालन, वडा नम्बर १ मा गुम्बा निर्माण कार्यक्रमको सम्झौता नभएको हो । दुवै योजना केही परिमार्जन गर्नुपर्ने भएका कारण सम्झौतामा ढिलाई भएको र गाउँसभाबाट योजना परिमार्जन गरेर काम अघि बढाउने गाउँपालिकाको तयारी छ । सम्झौता भएर काम सुरु भएका योजनामध्ये १० वटा योजना भुक्तानीको अन्तिम चरणमा छ भने अन्य योजनाको धमाधम काम भइरहेको छ । शैलुङ गाउँपालिकाले चालु वर्षको सञ्चालित भएको योजना मंसिर मसान्तमा सम्झौता गरेर काम गरेको थियो । गाउँपालिकाले आगामी वैशाख मसान्तसम्म गाउँपालिकामा सञ्चालित सवै योजना सम्पन्न गर्ने सक्ने लक्ष्य लिएको छ ।

यसैबीच, शैलुङ गाउँपालिकाले चालु आर्थिक वर्ष चालुतर्फ प्राप्त बजेटमध्ये हालसम्मको अवधिमा ३१ दशमलव ०१ प्रतिशत बजेट खर्च गरेको छ भने पूँजिगततर्फ २१ दशमलव ५ प्रतिशत रकम खर्च भएको छ । यो तथ्यांकलाई हेर्दा शैलुङ गाउँपालिकाले चालु आर्थिक बर्षको ७ महिना हुँदासम्म पूर्वाधार विकास अर्थात पूँजिगत तर्फको ७८ दशमलव ५ प्रतिशत बजेट खर्च गर्न नसकेको देखिएको छ । सो बजेट अवको ५ महिनाभित्र खर्च गरिसक्नु पर्नेछ । ५ महिनामा पनि असार महिना भुक्तानी र फरफारकको महिना हुने भएकाले विकास बजेट कार्यान्वयनका लागि शैलुङ गाउँपालिकालाई ४ महिनाको अवधि हुनेछ ।

८ फागुन, २०७७ । ७ः५० बजे प्रकाशित ।

 

VIEWS: 1790 पटक हेरीएको
error: Content is protected !!