सिंगटीमा ढुंगा खसेर लाग्दा एक महिलाको मृत्यु

7 days ago/Tuesday, July 28th, 2020

दोलखा, १३ साउन ।

दोलखाको विगु गाउँपालिकास्थित सिंगटीमा ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ ।

विगु गाउँपालिका वडा नम्बर ४ सिंगटीमा आज विहान घरमाथिबाट खसेको ढुंगाले किचेर ३५ वर्षीया रेणु थामीको मृत्यु भएको हो । आफ्नै घरभित्र बसिरहेको अवस्थामा घर देखि ५ सय मिटर माथिबाट खसेको ढुंगाले घर भत्किएर च्याप्दा गम्भीर घाईते भएकी थामीको आज विहान करिव १० बजे मृत्यु भएको दोलखाका प्रहरी निरिक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

उनको टाउकाको पछाडि र दाहिने घुडा मुनि चोट लागेको थियो । गम्भीर घाईते भएकी थामीलार्ई स्वास्थ्य केन्द्र सिंगटीमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौंको न्युरो अस्पताल रिफर गरिएको थियो । तर उनको चरिकोटमा आईनपुग्दै बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक थामीको शव हाल पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा राखिएको छ ।

१३ साउन, २०७७ । ११ः २० बजे प्रकाशित ।

VIEWS: 16295 पटक हेरीएको
error: Content is protected !!