सुर्के थैलीदेखि सुपारी दानाले चुलिएका दोलखाली छोरा

2 years ago/Sunday, June 18th, 2017

लक्ष्मि बस्नेत ।

चर्चित संगितकार एवम गितकार, दोलखाली छोरा ‘राजनराज शिवाकोटी’ यतिबेला चर्चाको शिखरमा छन् । हुन पनि किन नहुनु, एक पछि अर्काे गित लगातार हिट र लोकप्रीय हुँदै गएपछि शिवाकोटी चर्चाको शिखरमा पुगेका हुन् । ‘सुर्के थैली खै’ बाट चर्चा बटुल्न सुरु गरेका राजनराज शिवाकोटीका गितहरुले ‘कुटुमा कुटु सुपारी दाना’ सम्म आईपुग्दा समेत लोकप्रीयता कमाउन छाडेका छैनन् । शिवाकोटीले यो वीचमा ल्याएका सबै गितहरुले चर्चा बटुलिरहेका छन् । पछिल्लो समय उनको कुटुमा कुटु सुपारी दाना बोलको गितले बजारमा निकै चर्चा बटुलिरहेको छ ।

बाल्यकाल देखि साङ्गितिक क्षेत्रमा

नेपाली गीत संगितको क्षेत्रमा नयाँ उचाई प्राप्त गर्न सफल चर्चित युवा गायक तथा संगितकार शिवाकोटीको घर दोलखाको भिमेश्वर नगरपालिका १ अर्थात साविक सुष्पाक्षमावति गाविस हो । बाल्यावस्था देखि नै सांगितिक क्षेत्रमा लागेका शिवाकोटीले २०५९ सालमा आफ्नै शब्द, सङ्गित र आवाजमा ‘मायालु आउने जाने बाटोमा’ बोलको गित रेकर्ड गरेर औपचारिक रुपमा सांगितिक यात्रा सुरु गरेका थिए । शिवाकोटीको राष्ट्रिय भावनाका गीतदेखि पप, चलचित्र, आधुनिक, लोक गरी ६ सय भन्दा बढि गितहरु बजारमा आएका छन् । तर पछिल्लो समय बजारमा आएका मौलिक लोक पाराका गितहरुले भने शिवाकोटीलाई चर्चाको शिखरमा पु¥याईरहेको छ । संगितमा विविधतासँगै हरेक गितमा नयाँ प्रयोग र गाउँका शव्दहरु टिपेर संयोजन गर्न सक्नु अर्थात मौलिकपन उनको विशेषता हो ।

 

शिवाकोटीको चर्चा आज मात्रै होईन उनले २०६२ ताकै आफ्नै शव्द तथा संगितमा ‘सम्धी ज्यू, सम्धी ज्यू वार्ता मिलाईदेउ’ बोलको गित मार्फत नेपाली संगित क्षेत्रमा चर्चा बटुलिसकेका थिए । रामचन्द्र काफ्ले र सिन्धु मल्लको स्वर रहेको सो गितमा शिवाकोटीले संगित भरेका थिए । तर, त्यसयता यो वीचको अवधीमा केही समय ओझेलमा परेका शिवाकोटीलाई ‘सुर्के थैली खै’ ले पुनः चर्चाको शिखरमा पु¥याएको हो । शिवाकोटीको तिम्रो मौनता, जीन्दगी यो फुलै फुलको थुंगो हुँदैन, प्रीय तिम्रो सिउँदोमा, डाँफे झैँ नाच्ने, म माया गर्छु, अलिकति पीडा हुँदा नी, दिप बनोस, झम्के फुली लगाएतका गितहरु पनि लोकप्रीय भएका छन् ।

एउटा सत्य के हो भने शिवाकोटी लामो समयदेखि संगित क्षेत्रमा रहेपनि ‘सुर्के थैली खै’ गित बजारमा नआउँदा सम्म अहिलेको जति चर्चा भने कमाएका थिएनन् । तर, चलचित्र वडा नम्वर ६ मा समावेश ‘सुर्के थैली खै’ले शिवाकोटीलाई छोटो समयमै सबैको मन जित्न सफल बनायो । यो गितले शिवाकोटीलाई सबैमाझ लोकप्रीय मात्रै बनाएन संगितको क्षेत्रमा एउटा ईतिहास समेत कायम ग¥यो ।

एक करोड भ्यूअर्स कटाउने नेपालकै पहिलो गित

देशका दुई तिहाई जनसंख्या बराबरको युट्युव भ्युअर्स बनाउने गित विश्वमै कमै मात्र बनेका छन् । तर यो ईतिहास शिवाकोटीको सुर्के थैली खै ले बनायो । शिवाकोटीको यो गित नेपाली गितको ईतिहाँसमै एक करोड भ्युअर्स बनाउने पहिलो गित हो । राजनराज शिवाकोटीको परिचयका लागि ‘सुर्के थैली खै’ र ‘पुर्व पश्चिम रेल’ गित नै काफि छ । तर, कमैलाई मात्रै थाहा छ की यो गितमा संगितकार शिवाकोटीको आफ्नै स्वर रहेको छ । शिवाकोटीको आफ्नै शव्द, संगित र स्वर रहेको सो गितमा अञ्जु पन्त र राजु विश्वकर्माको पनि स्वर रहेको छ ।
त्यसपछि छक्का पञ्जामा समावेश राजनको आफ्नै संगित, शब्द र स्वरमा रहेको ‘पुर्व पश्चिम रेल’ ले पनि झनै चर्चाको शिखरमा पु¥यायो । यो गितले अपलोड गरेको ८ महिनामै एक करोड भ्युअर्स पाएको थियो । उनका दुवै गितले युट्युवमा २ करोड भन्दा बढि दर्शक पाएका छन् । पछिल्लो समय उनको गित मात्रै नभएर उनले संगित भरेका गितहरुको पनि निकै चर्चा हुन थालेको छ ।

बजार तताउँदै ‘कुटुमा कुटु सुपारी दाना

पछिल्लो सयम बजारमा आएको शिवाकोटीकै शव्द र संगितमा रहेको कुटुमा कुुटु सुपारी दानाले पनि यतिबेला बजार तताईरहेको छ । यो गितमा पनि मेलिना राईसँगै उनकै युगल स्वर रहेको छ । यो गित प्रयोगको हिसावले अहिलेसम्मकै नौलो रहेको छ । सो गित झट्ट सुन्दा सामान्य लाग्ने विषयको भएपनि सम्पे्रषण र भावको हिसाबले अब्बल रहेको छ । साथै संगित पनि कर्णप्रीय छ । यो गितमा शिवाकोटीले आफ्नो पहिचानलाई कलात्मक रुपमा प्रस्तुत गरेका छन् । कालिनागलाई शिवाकोटीहरुको कुलदेवता मानिन्छ । सोही आधारमा शिवाकोटीले कुटुमा कुटु सुपारी दाना गितमा ‘सन्तान कालि नागैको’ भनेर आफ्नो पहिचान झल्काएका छन् । आफ्ना कुल देवता प्रतिको सम्मान र श्रद्धालाई गित मार्फत प्रस्तुत गर्नु उनको कलाको सफल प्रयोग र जिवन्तता हो ।
गत जेठ दोस्रो साता युट्युव मार्फत सार्वजानिक भएको चलचित्र २ रुपैयाँमा समावेश यो गितले करिव ५० लाख दर्शक पाएको छ । गितमा नयाँ प्रयोग गर्न रुचाउने शिवाकोटीले लोक गितमा तेहरीसम्मको प्रयोग गरेका छन् । पछिल्लो समय धेरै युवाहरुले सांगितिक क्षेत्रमा झुकाव राख्ने गरेपनि सबैले सफलता हाँसिल गर्न नसकिरहेका बेला शिवाकोटी सांगितिक आकाशको एउटा चम्किलो तारा बनेका छन् ।
४ असार २०७४ । ८ः५० बजे प्रकाशित 

VIEWS: 3525 पटक हेरीएको
error: Content is protected !!