स्कुटर दुर्घटनामा गम्भिर घाईते भएका पुरुषको हेलिकप्टरबाट उद्धार

2 weeks ago/Friday, July 5th, 2019

दोलखा, २० असार ।

दोलखाको भीमेश्वर नगरपालिकामा स्कुटर दुर्घटना हुदाँ दुई जना घाइते भएका छन् ।

भीमेश्वर नगरपालिका वडा नम्बर २ चारथलीमा प्रदेश नम्बर ३, ०२००१ प ५४५९ नम्बरको स्कुटर दुर्घटना हुदाँ २ जना घाइते भएका हुन् । दुर्घटनामा परी जिरी नगरपालिका १ स्यामा घर भई हाल भीमेश्वर नगरपालिका ६ बस्दै आएकी १८ वर्षिया सुष्मा बुढाथोकी र कालिञ्चोक गाउँपालिका वडा नम्बर ८ का ३२ वर्षिय सहदेव खड्का घाइते भएको दोलखाका प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । घाईतेमध्य खड्काको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा परी गम्भिर घाइते भएका खड्कालाई उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ पठाईएको छ भने घाईते सुस्माको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा उपचार भईरहेको छ ।

स्कुटर धनी समेत रहेका खड्का स्कुटर सिकाउने क्रममा दुर्घटनामा परेका हुन् । स्कुटर अनियन्त्रित भई सडक किनारबाट करिव २ सय मिटर तल खसेर रुखमा अड्कीएको थियो ।

२० असार, २०७६ । ४ः ३० बजे प्रकाशित ।

VIEWS: 11995 पटक हेरीएको
error: Content is protected !!