स्यामाको पुम्पामा स्टोन पार्क र हेलिप्याडः पर्यटकका लागि नयाँ गन्तव्य (हेनुहोस् तस्वीर सहित)

3 months ago/Tuesday, May 14th, 2019

सिर्जना गोले ।

जिरी (दोलखा), ३१ बैशाख ।

दोलखाको जिरी नगरपालिका वडा नम्बर १ श्यामामा स्टोन पार्कको निर्माण कार्य सम्पन्न भएको छ ।

युएनडिपीको साझेदारीमा जिरी नगरपालिकाले चालु बर्ष छुट्याएको १३ लाख बजेटको लागतमा श्यामामा स्टोन पार्कको निर्माण कार्य सम्पन्न भएको हो । खिम्ति खोलाको किनारमा रहेको पुम्पामा प्राकृतिक रुपमै बृहत क्षेत्रमा ठूला–ठूला ढुंगाहरु रहेका छन् । तिनै ढुंगालाई जिवन्त राख्दै अन्य पूर्वाधार निर्माण गरेर स्टोन पार्क निर्माण गरिएको हो । पार्कमा पर्यटकहरुका लागि तिन वटा पर्यटक प्रतिक्षालय, हेलिप्याड, स्टोन पार्कसम्म जाने बाटोको सोलिङ, तारबार सहितको कम्पाउण्ड, पार्कभित्रै शौचालय र खानेपानीको व्यवस्था गरिएको छ ।

पार्कमा पर्यटकहरुका लागि तिन वटा पर्यटक प्रतिक्षालय, हेलिप्याड, स्टोन पार्कसम्म जाने बाटोको सोलिङ, तारबार सहितको कम्पाउण्ड, पार्कभित्रै शौचालय र खानेपानीको व्यवस्था गरिएको छ । स्यामाको स्टोन पार्कमा ढुंगा मात्र नभएर हरियाली पार्कको रुपमा पनि चिनिन्छ । उच्च हिमाली क्षेत्रमा फुल्ने झार प्रजातिका फुलहरुले पार्कको सुन्दरतालाई अझ रमणीय बनाई दिएको छ ।

जिरी नगरपालिका १ स्यामाका वडा अध्यक्ष लाक्पा शेर्पाले नगरपालिकाको पर्यटन प्रवद्र्धनको योजना अन्तर्गत आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न पार्क निर्माण गरिएको बताउनुभयो । पार्कभित्रै निर्माण गरिएको हेलिप्याडमा स्यामा र आसपासका क्षेत्रका बिरामीको उद्धार तथा अन्य कार्यक्रममा आउने अतिथिहरुका लागि हेलिकोप्टर ल्याण्ड गर्न सकिने छ । सोलखुम्वु र खुम्वु क्षेत्रमा उडान भर्ने हेलिकोप्टरहरु पनि आकस्मिक रुपमा अवरतण गर्नु परेमा स्टोन पार्कको हेलिप्याडलाई प्रयोग गर्न सकिने छ ।

स्यामाको स्टोन पार्कमा ढुंगा मात्र नभएर हरियाली पार्कको रुपमा पनि चिनिन्छ । उच्च हिमाली क्षेत्रमा फुल्ने झार प्रजातिका फुलहरुले पार्कको सुन्दरतालाई अझ रमणीय बनाई दिएको छ । पार्क निर्माणको क्रममा समथर जग्गामा रहेको सिमसार क्षेत्रमा जमिन मुनिवाट डाईभर्सन गरेर पानीको व्यवस्थापन पनि गरिएको छ । पार्कलाई थप व्यवस्थित गर्न आगामी आर्थिक बर्ष बिस्तृत योजना (डिपिआर) तयार पारेर थप संरचनाहरु निर्माण गरिने छ । वडा अध्यक्ष शेर्पाका अनुसार पार्कभित्र मनोरञ्जन स्थलहरु, पोखरी र प्राकृतिक रुपमा रहेका ढुंगाहरुमा बिभिन्न देविदेवताका आकृतिहरु बनाईने छ ।

स्टोन पार्कसम्म पुग्नका लागि जिरीवाट रामेछापको ठोसे र शिवालय हुँदै तथा जिरीवाट मालीहुँदै पुग्न सकिन्छ । वडापालिकाले पार्कसम्म पुग्ने सडकको स्तरोन्नतीका लागि २० लाख बजेट विनियोजन गरेर काम गरिरहेको छ ।

स्यामा स्टोन पार्कका मनोरम दृश्यहरुः

३१ बैशाख, २०७६ । ८ः ३० बजे प्रकाशित ।

VIEWS: 5485 पटक हेरीएको
error: Content is protected !!