स्वास्थ्यकर्मीमा आरडिटि पोजेटिभ देखिएपछि प्रस्तावित चरिकोट अस्पतालको सेवा वन्द

3 days ago/Thursday, May 21st, 2020

दोलखा, ८ जेठ ।

एक स्वास्थ्यकर्मीको आरडिटि रिपोर्ट पोजेटिभ देखिएपछि दोलखा सदरमुकाम चरिकोटस्थित प्रस्तावित चरिकोट अस्पतालको सेवा वन्द भएको छ ।

¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटि) विधिबाट कोरोना परिक्षणका क्रममा एक स्वास्थ्यकर्मीमा एन्टिबडी पोजेटिभ देखिएपछि प्रस्तावित चरिकोट अस्पतालको सम्पुर्ण सेवा हिजोबाटै ठप्प भएको हो । एक स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ आएपछि सम्भावित जोखिम कम गर्नका लागि अस्पतालको सबै सेवा वन्द गरिएको भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले जानकारी दिनुभयो । आरडिटि पोजेटिभ देखिएका स्वास्थ्यकर्मीको पिसिआर परीक्षणका लागि पठाईएको र उनको रिपोर्ट नआउनजेलसम्म अस्पतालको सेवा वन्द हुने उहाँले बताउनुभयो । एक स्वास्थ्यकर्मीमा एन्टिबडि पोजेटिभ देखिएसँगै उनको प्रत्यक्ष सम्पर्कमा आएका अन्य स्वास्थ्यकर्मीहरुको समेत पिसिआर परीक्षणका लागि पठाईएकाले उनीहरुको रिपोर्ट नआउनजेलसम्म अस्पतालमा भर्ना भएका विरामीलाई बाहिर पठाउने र नयाँ विरामी भर्ना लिने काम वन्द गरिएको नगर प्रमुख केसीले बताउनुभयो ।

आरडिटि विधिबाट कोरोना परिक्षणका क्रममा एक स्वास्थ्यकर्मीमा एन्टिबडी पोजेटिभ देखिएपछि प्रस्तावित चरिकोट अस्पतालको सम्पुर्ण सेवा हिजोबाटै ठप्प भएको हो । ९७ जनाको आरडिटि परीक्षणका क्रममा एक जनाको रिपोर्ट पोजेटिभ र ९६ जनाको नेगेटिभ आएको थियो । आरडिटि पोजेटिभ देखिएका एक सहित उनको सम्पर्कमा आएका ७ जना स्वास्थ्यकर्मीको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरि पठाईएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभू कुमार झाले जानकारी दिनुभयो ।

चरिकोटस्थित प्रस्तावित चरिकोट अस्पताल अर्थात प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी सहितका कर्मचारीहरुको हिजो गरिएको आरडिटि परीक्षणका क्रममा ईमरजेन्सी वार्डमा खटिएका एक स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ आएको थियो । ९७ जनाको आरडिटि परीक्षणका क्रममा एक जनाको रिपोर्ट पोजेटिभ र ९६ जनाको नेगेटिभ आएको थियो । आरडिटि पोजेटिभ देखिएका एक सहित उनको सम्पर्कमा आएका ७ जना स्वास्थ्यकर्मीको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरि पठाईएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभू कुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुको पिसिआर रिपोर्ट भोली आउनेछ । आरडिटि पोजेटिभ देखिएका ती पुरुषलाई अस्पतालकै आईसोलेसनमा राखिएको छ ।

VIEWS: 4670 पटक हेरीएको
error: Content is protected !!