हनुमन्ते क्षेत्र आकर्षक पर्यटकीय गन्तव्य बन्दै, नयाँ वर्षमा मेला लाग्ने

2 months ago/Monday, April 12th, 2021

सिर्जना गोले ।

जिरी (दोलखा), ३० चैत ।

दोलखाको तीन स्थानीय तहको सिमामा पर्ने धार्मिक एवम् पर्यटकीय स्थल हनुमन्तेमा बैशाख १ गते नयाँ वर्षमा भव्य हनुमन्ते मेला लाग्ने भएको छ ।

जिल्लाको बैतेश्वर र गौरीशंकर गाउँपालिका तथा जिरी नरपालिकाको सीमामा पर्ने हनुमन्तेमा बैशाख १ गते मेला लाग्ने भएको हो । हनुमन्तेलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेगरी बागमती प्रदेश सरकारले पूर्वाधारहरु निर्माण गरिरहेको बेला नयाँ वर्षको अवसरमा यही बैशाख १ गते हनुमन्ते पर्यटन क्षेत्र घोषणा तथा हनुमन्ते मेलाको आयोजना गरिएकोे छ । दोलखाबाट बागमती प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद विशाल खड्काको अगुवाईमा पर्यटन पूर्वाधारहरु निर्माण भइरहेको हनुमन्तेमा हुने पर्यटन क्षेत्र घोषणा तथा मेला कार्यक्रममा दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरु, काठमाण्डौं उपत्यका, दोलखा जिल्ला र जिल्लाबाहिरको तथा विदेशी लगायत ३ सय भन्दा बढी पर्यटकहरु सहभागी हुनेछन् । हनुमन्तेमा नयाँ वर्षमा सो क्षेत्रलाई पर्यटन क्षेत्र घोषणा गर्ने, हनुमान मन्दिरमा हनुमानको मूर्ति अनावरण गर्ने, नयाँ वर्षको शुभकामना आदानप्रदान, झाँक्री र झाँकी सहितको सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती र विभिन्न क्लव तथा समूहहरुको वनभोज कार्यक्रम हुने हनुमन्तेश्वर पर्यटन पूर्वाधार विकास तथा मेला आयोजना समितिका संयोजक केश बहादुर तामाङले जानकारी दिनुभयो ।

पर्यटकीय क्षेत्रको रुपमा रहेको हनुमन्तेलाई पर्यटन क्षेत्रको रुपमा घोषणा गरेसँगै जिल्लामा नयाँ थप एक पर्यटकीय गन्तव्य हुनेछ । जिल्लामा शैलुङ, कालिञ्चोक जस्तै हनुमन्ते पनि उच्च पहाडी क्षेत्रमा रहेको पर्यटकीय गन्तव्य बन्ने छ । परापूर्वकालमा हनुमन्तेमा हनुमानको मूर्ति रहेको र उच्च पहाडी क्षेत्रको रमणीय स्थलमा हनुमन्ते रहेकोले सो क्षेत्रको छुट्टै महत्व रहेको छ । सोही कारण पनि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न थालिएपछि यो क्षेत्र अमूल्य बन्दै गएको छ ।

पर्यटकीय क्षेत्रको रुपमा रहेको हनुमन्तेलाई पर्यटन क्षेत्रको रुपमा घोषणा गरेसँगै जिल्लामा नयाँ थप एक पर्यटकीय गन्तव्य हुनेछ । जिल्लामा शैलुङ, कालिञ्चोक जस्तै हनुमन्ते पनि उच्च पहाडी क्षेत्रमा रहेको पर्यटकीय गन्तव्य बन्ने छ । परापूर्वकालमा हनुमन्तेमा हनुमानको मूर्ति रहेको र उच्च पहाडी क्षेत्रको रमणीय स्थलमा हनुमन्ते रहेकोले सो क्षेत्रको छुट्टै महत्व रहेको छ । सोही कारण पनि पर्यटकीय गन्तव्यको रुपमा दोलखाबाट बागमती प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद विशाल खड्काको अगुवाईमा पर्यटन पूर्वाधारहरु निर्माण गर्न थालिएपछि यो क्षेत्र अमूल्य बन्दै गएको छ ।

विगतमा हनुमन्तेमा हनुमानको मूर्ति रहेपनि सो स्थानको मूर्ति पछि हराएको थियो । तर, अहिले नयाँ मूर्ति स्थापना, सिँढी निर्माण, खानेपानीको व्यवस्था र खावा बजारबाट हनुमन्तेसम्म पुग्ने सडकबाटोको स्तरोन्नति गरिएको छ । खासगरी सांसद खड्काको अगुवाईमा हनुमन्तेको एकिकृत विकासका लागि बजेट र योजना परेपछि अहिले धमाधम पर्यटन पूर्वाधार निर्माणको काम भईरहेको छ । केही वर्षयता हनुमन्ते र खावा क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नेगरी प्रदेश सरकारबाट वर्षेनी फरक–फरक योजनाको लागि बजेट विनियोजन भएर पूर्वाधारहरु निर्माण भइरहेको छ । यसअघि हनुमन्तेमा बागमती प्रदेश सरकारको ८० लाख र वन विभागबाट आएको ३० लाख रकमबाट हनुमन्तेमा सिंढी निर्माण भएको, खानेपानी व्यवस्थापनका लागि बागमती प्रदेशबाट २० लाख रकम आएको र काम भइरहेको तथा खानेपानीको लागि बाँकी बजेट वन विभाग मार्फत डिभिजन वन कार्यालय दोलखा हुँदै विनियोजन हुनेछ ।

केही वर्षयता हनुमन्ते र खावा क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नेगरी प्रदेश सरकारबाट वर्षेनी फरक–फरक योजनाको लागि बजेट विनियोजन भएर पूर्वाधारहरु निर्माण भइरहेको छ । हनुमन्तेको एकिकृत पर्यटन पूर्वाधार विकास र खावामा भ्यू टावर निर्माण हुने भएपछि केही वर्षअघिसम्म सुनसान रहेको सो क्षेत्रमा चहलपहल बढ्नुको साथै हनुमन्ते र खावा आसपासको जग्गाको (खरिदविक्री) कारोबार र जग्गाको भाउ पनि वृद्धि हुँदै गएको छ । धार्मिक र पर्यटकीय दृष्टिले निकै रमणीय हनुमन्ते डाँडा र खावा बजारमा पूर्वधारहरु थपिएसँगै यसको आकर्षण पनि बढ्दै गएको छ ।

यसैगरी, आर्थिक बर्ष २०७५/७६ मा बागमती प्रदेशकै ५० लाख बजेटबाट खावा बजारहुँदै हनुमन्तेसम्म सडक बिस्तारको काम भएको थियो भने प्रदेश सरकारकै बजेटबाट हनुमन्ते सम्म पुग्ने मुख्य मार्ग रहेको खावामा भ्यु टावर निर्माण भइरहेको छ । धार्मिक र पर्यटकीय दृष्टिले निकै रमणीय हनुमन्ते डाँडा र खावा बजारमा पूर्वाधारहरु थपिएसँगै यसको आकर्षण पनि बढ्दै गएको छ ।

साथै, हनुमन्तेको एकिकृत पर्यटन पूर्वाधार विकास र खावामा भ्यू टावर निर्माण हुने भएपछि केही वर्षअघिसम्म सुनसान रहेको सो क्षेत्रमा चहलपहल बढ्नुको साथै हनुमन्ते र खावा आसपासको जग्गाको (खरिदविक्री) कारोबार र जग्गाको भाउ पनि वृद्धि हुँदै गएको छ ।

३० चैत, २०७७ । ३ः२५ बजे प्रकाशित ।

VIEWS: 7050 पटक हेरीएको
error: Content is protected !!