हनुमन्ते दोलखाको नयाँ पर्यटकीय गन्तव्य, नयाँ वर्षमा लाग्यो भव्य मेला

5 months ago/Wednesday, April 14th, 2021

जिरी (दोलखा), १ बैशाख ।

दोलखाको ऐतिहाँसिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र हनुमन्तेलाई पर्यटकीय क्षेत्र घोषाणा गरिएको छ ।

हनुमन्तेमा आज वृहत कार्यक्रमको आयोजना गरी पर्यटकीय क्षेत्र घोषणा गरिएको हो । बागमती प्रदेशसभाका सांसद पशुपति चौलागाई र विशाल खड्काले खावा बजारमा प्रवेशद्धारको उद्घाटन गर्दै हनुमन्तेलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुभएको हो । सांसद चौलागाई र खड्काले करिब ३ हजार १ सय मिटरको उचाईमा रहेको हनुमन्तेडाँडामा हनुमानको मूर्ति पनि अनावरण गर्नुभएको छ । दोलखाबाट बागमती प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद विशाल खड्काको अगुवाईमा बागमती प्रदेश सरकारको सहयोगमा खावा बजारदेखि हनुमन्तेको वेश क्याम्प मेहेलेसम्म प्रवेश मार्गको रुपमा सडक मार्ग निर्माण र मेहेलेदेखि हनुमन्ते डाँडासम्म सिंढी लगायतका पर्यटन पूर्वाधार निर्माणपछि हनुमन्तेलाई दोलखाको घुम्नैपर्ने पर्यटकीय गन्तव्यको रुपमा घोषणा गरिएको हो । दोलखाको कालिञ्चोक र शैलुङपछि हनुमन्तेलाई प्रमुख पर्यटकीय गन्तव्यस्थलको रुपमा मानिन्छ । परापूर्वकालमा हनुमन्तेको पहाडमा हनुमानको मूर्ति आफै उत्पन्न भएको किम्बदन्ती छ । सो मूर्ति वर्षाेअघि हराएको थियो ।

हिन्दु धर्मअनुसार हनुमानले हनुमन्तेको पहाडबाटै सञ्जिवनी बुटी लगेको उल्लेख छ । हनुमन्ते पुग्न विशाल जंगलको यात्रा गर्नुपर्ने र हनुमन्ते डाँडाबाट रोल्वालिङ लगायका हिमशृखलाहरु नाङगो आँखाले देख्न सकिन्छ ।

बागमती प्रदेशसभाका सांसद पशुपति चौलागाई र विशाल खड्काले खावा बजारमा प्रवेशद्धारको उद्घाटन गर्दै हनुमन्तेलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुभएको छ । सांसद चौलागाई र खड्काले करिब ३ हजार १ सय मिटरको उचाईमा रहेको हनुमन्तेडाँडामा हनुमानको मूर्ति पनि अनावरण गर्नुभएको छ । नयाँ वर्ष मनाउन र हनुमन्ते मेला भर्न चार हजार भन्दा बढी पर्यटक हनुमन्ते पुगेका थिए ।

हनुन्तेलाई पर्यटकीय क्षेत्र घोषणा गरेपछि सम्बोधन गर्दै सांसद पशुपति चौलागाईले हनुमन्तेलाई रामायण सर्किटसँग जोडेर आकर्षक गन्तव्यको रुपमा विकास गर्न लागिएको बताउनुभयो । यस्तै, सांसद विशाल खड्काले हनुमन्तेको एकिकृत विकास आफ्नो प्राथमिकताको योजनामा रहेको र आगामी दिनमा थप पूर्वाधार निर्माण गरेर अघि बढ्ने बताउनुभयो ।

हनुमन्ते मेला आयोजक समितिका अध्यक्ष केश बहादुर तमाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य, सामुदायिक रेडियो प्रसारक संघका पूर्व केन्द्रिय कोषाध्यक्ष एवम् हनुमन्ते क्षेत्र विकासका अभियान्ता लक्ष्मण खड्का, जिरी उद्योग वाणिज्य संघका अध्यक्ष गेल्बु शेर्पा, आयोजकको तर्फबाट तेन्जिङ शेर्पा र नुर्व शेर्पा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । नयाँ वर्ष मनाउन र हनुमन्ते मेला भर्न चार हजार भन्दा बढी पर्यटक हनुमन्ते पुगेका थिए ।

 

१ बैशाख, २०७८ । ६ः४० बजे प्रकाशित ।

VIEWS: 10385 पटक हेरीएको
error: Content is protected !!