हाम्रो रेडियोलाई मिलिजुली साकोसको सम्मान

8 months ago/Saturday, October 6th, 2018

दोलखा, २० असोज ।

हाम्रो रेडियो १ सय ३ थोप्लो ४ मेगाहर्ज सहकारी पत्रकारीता पुरस्कारबाट सम्मानित भएको छ ।

मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरिकोट दोलखाले २५ औं बार्षिक साधारण सभाको अवसर पारेर हाम्रो रेडियोलाई नगद पुरस्कार सहित सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत केसीले हाम्रो रेडियोलाई नगद ३ हजार ५ रुपैयाँ सहित सम्मान–पत्र प्रदान गर्नुभयो । मिलिजुली साकोसले दोलखा जिल्लामा पत्रकारिताका माध्यमवाट सहकारी क्षेत्रको अभियानमा टेवा पु¥याउने सक्रिय पत्रकार तथा सञ्चार माध्यमलाई यो पुरस्कार प्रदान गर्दै आएको छ । सोही अनुसार यो वर्षको सञ्चार माध्यमतर्फको पत्रकारिता पुरस्कार हाम्रो रेडियोले पाएको हो । दोलखा सदरमुकाम चरिकोटस्थित चरिघ्याङबाट प्रशारण हुँदै आएको हाम्रो रेडियोले आर्थिक तथा सहकारी अभियानमा सहयोग पु¥याउने उद्देश्यले सहकारी सम्बन्धि विभिन्न रेडियो कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ ।

यसैगरी साधारण सभाको अवसरमा मिलिजुली साकोसले पत्रपत्रिकाको माध्यमबाट सहकारी संस्थाको प्रचार प्रसारमा सहयोग पु¥याएको भन्दै पत्रकार दिपशंकर चौलागाई लाई पनि ५ हजार नगद सहित सम्मान गरेको छ ।

मिलीजुली साकोसको २५ औं बार्षिक साधारण सभाको भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले उद्घाटन गर्नुभयो । साधारण सभामा सँस्थाका कार्यवाहक सचिव कृष्णप्रसाद अधिकारीले बार्षिक नीति तथा कार्यक्रम र प्रगति प्रतिवेदन, कोषाध्यक्ष सरुना बस्नेतले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा असल ऋणी, असल बचतकर्ता, नियमित बचतकर्ता, असल कर्मचारी, दैनिक उत्कृष्ट बचतकर्ता, स्थापना कालका सदस्य, पूर्व सञ्चालक, पूर्वलेखा समिति, पूर्व कर्मचारी र एसईई परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी लगायतलाई नगद सहित सम्मान गरिएको छ ।

६ हजार ७ सय ६३ जना वाल बचतकर्ता सहित संस्थामा २३ हजार ९ सय १० सदस्य रहेको मिलिजुली बचत तथा ऋण सहकारी सँस्थाको कूल बचत ५८ करोड ६७ लाख १ हजार ७ सय ७७ रुपैयाँ, ऋण लगानी ७१ करोड १९ लाख ५५ हजार ९ सय ७० र शेयर पूँजी ७ करोड १० लाख रहेको छ ।

सँस्थाका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा जिल्ला बचत तथा ऋण सहकारी सँघका अध्यक्ष जिवसराज खड्का, जिल्ला सहकारी संघ दोलखाका कोषाध्यक्ष कृष्ण प्रसाद दाहाल, जनकल्याण साकोसका अध्यक्ष रामचन्द्र बस्नेत, सहकारीकर्मी गोकुलध्वज कार्की, संस्थापक अध्यक्ष एवम् सल्लाहकार रामदास श्रेष्ठ र संस्थापक सदस्य चेतबहादुर केसी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

२० असोज, २०७५ । ५ः ३० बजे प्रकाशित ।

VIEWS: 3540 पटक हेरीएको
error: Content is protected !!