हुराडेक नेपाल दोलखा २७ वर्षमा प्रवेश

5 months ago/Saturday, April 6th, 2019

दोलखा, २३ चैत्र ।

मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल २६ वर्ष पुरा गरी २७ वर्षमा प्रवेश गरेको छ ।

‘मानवअधिकार सामाजिक न्याय र पारदर्शीताका लागि हाम्रो खबरदारी, विकासको निम्ती स्थानीय सरकारसँग हाम्रो साझेदारी’ भन्ने नाराका साथ हुराडेक नेपाल दोलखाले आज २६ औँ साधारण सभा एवम् २७ औ वार्षिक उत्सव मनाएको हो । साधारण सभाको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले केक काटेर उद्धघाटन गर्नुभयो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष जीवसराज खड्काले संस्थाको २ करोड ७१ लाख ८ हजार ८ सय ५७ रुपैयाँ बराबरको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाकी सचिव रुपमायाँ बयलकोटीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । हुराडेक नेपालले मानवअधिकार, सामाजिक न्याय, शुसासन लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

उत्कृष्ट २ कर्मचारी पुरस्कृत

साधारणसभाको अवसरमा संस्थामा कार्यरत उत्कृष्ट २ जना कर्मचारीलाई सम्मान पनि गरिएको छ । संस्थाका अध्यक्ष होम पाठकको अध्यक्षतामा सम्पन्न साधारणसभामा भीमेश्वर नगरपालिकाका मेयर भरत केसी, सशस्त्र प्रहरी बल दोलखाका प्रहरी नायब उपरिक्षक किरणकुमार कठायत, नागरिक समाज दोलखाका संयोजक चिरञ्जिीवी मास्के, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष जीवन लामा, नेपाल बार एसोसिएसन दोलखाका अध्यक्ष सरोज उप्रेति, नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाका अध्यक्ष गोकर्णप्रसाद पोखरेल, सामुदायिक विकास मञ्च दोलखाका अध्यक्ष राजु थापा, महिला अधिकार मञ्च दोलखाको केन्द्रिय सदस्य सविना केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

२३ चैत्र, २०७५ । ७ः ०० बजे प्रकाशित ।

VIEWS: 1150 पटक हेरीएको
error: Content is protected !!