होली पर्वमा दोलखामा आन्तरिक पर्यटकको घुईचो, पर्यटन व्यवसायीमा पलायो आशा

1 month ago/Wednesday, March 31st, 2021

पवना कार्की ।

दोलखा, १८ चैत ।

दोलखामा यो बर्षको होलीको समयमा उल्लेख्य मात्रामा पर्यटक भित्रिएसँगै व्यवसायीमा नयाँ आशा पलाएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणपछि निराशामा पुगेका पर्यटन व्यवसायीमा होलीसम्म आइपुग्दा नयाँ आशा पलाएको हो । महामारी नियन्त्रणका लागि सरकारले लामो समय लकडाउन गरेसँगै थलिएका व्यवसायीहरु होलीको अघिल्लो २ दिनदेखि पर्यटकले भरिभराउ हुदाँ खुसी भएका हुन् । कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिरहेको चर्चा चलिरहेका बेला दोलखामा उल्लेख्य मात्रामा पर्यटक भित्रिरहदाँ पर्यटन व्यवसायीमा आशा पलाएकै बेला जोखिम समेत बढेको छ । यो बर्षको होली पर्व र शनिवार सँगसँगै परेकाले जिल्लामा होलीको समय ठुलो संख्यामा आन्तरिक पर्यटकहरु भित्रिएकाले चरिकोट पर्यटकले खचाखच भरिएको थियो । जिल्लामा होलीको ३ दिनको अवधिमा खरिढुंगा स्थित प्रहरी चेकपोष्टवाट मात्रै ५ सय ५० भन्दा बढी सवारी साधन जिल्ला भित्रिएका थिए ।

अन्य समयमा दैनिक ३५ देखि ४० वटा सम्म सवारी साधनहरु भित्रिने गरेकोमा होलीका बेला दोलखामा ५ सय ५० बढी सवारीका साधनहरु जिल्ला भित्रिएको खरिढुंगा चेक पोष्टका प्रहरी सहायक निरिक्षक (असई) राजु केसीले जानकारी दिनुभयो । दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठले शुक्रबार शनिवारसँगै होली पर्व पनि परेकाले जिल्लामा ३ दिनको अवधिमा ३ हजार भन्दा बढी पर्यटक भित्रिएको बताउनुभयो । ३ दिन मात्रै पयर्टकहरु आएर व्यवसायीको अवस्था नसुध्रिए पनि कोरोनाका कारण थलिएका व्यवसायीहरुमा नयाँ आशा भने पलाएको उहाँको भनाई छ । होलीको समयमा आन्तरिक पर्यटकहरु बढेको चरिकोट चरिघ्याङमा दिप्रशन होटल सञ्चालन गर्दैै आएका दिपक थापाले बताउनुभयो ।पुनः कोरोना भाइरस संक्रमण बढिरहेका बेला होलीको समयमा ३ दिन मात्रै पयर्टकले होटल भरिदाँ आफुहरुलाई हौसला जागेको उहाँले बताउनुभयो । दिप्रशन होटलमा तिन दिनको अवधिमा करिब ८० जना पर्यटक आएका थिए । सदरमुकाम चरिकोटमा सेकेन्ड होम रिसोर्ट सञ्चालन गर्दै आएका इश्वर कार्कीले पनि पछिल्लो समय जिल्लामा आन्तरिक पयर्टकहरु बढेको बताउनुभयो । सेकेन्ड होम रिसोर्टमा दैनिक ५ देखि १० जना आन्तरिक पयर्टक आउने गरेपनि होलीको तिन दिनको अवधिमा दैनिक दुई सय आन्तरिक पर्यटक आएको कार्कीले बताउनुभयो ।

दोलखामा यो बर्षको होलीको समयमा उल्लेख्य मात्रामा पर्यटक भित्रिएसँगै व्यवसायीमा नयाँ आशा पलाएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणपछि निराशामा पुगेका पर्यटन व्यवसायीमा होलीसम्म आइपुग्दा नयाँ आशा पलाएको हो । अन्य समयमा दैनिक ३५ देखि ४० वटा सम्म सवारी साधनहरु भित्रिने गरेकोमा होलीका बेला दोलखामा ५ सय ५० बढी सवारीका साधनहरु जिल्ला भित्रिएका छन् ।

दोलखाको धार्मिक एवम् पयर्टकीय स्थल कालिञ्चोक झनै आन्तरिक पर्यटकहरुले खचाखच देखिएको छ । ३ दिनको अवधिमा ५ हजार ३ सय भन्दा बढी पर्यटकले केवलकार चढेर कालिञ्चोक मन्दिरको दर्शन गरेको कालिञ्चोक केवुलकार दर्शन प्रालि प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार करिब १२ सय, शनिवार २ हजार ३ सय ६६ र आइतबार १७ सय आन्तरिक पयर्टकहरुले केवलकार चढेर कालिञ्चोक मन्दिरको दर्शन गरेका छन् । अन्य समयको तुलनामा होलीको समयमा आन्तरिक पयर्टकले कालिञ्चोक भरिभराउ भएपनि यसअघिका वर्षहरुका जस्तै बाह्य पयर्टकको संख्यामा भने यो वर्ष शुन्य देखिएको कालिञ्चोक केवुलकार दर्शन प्रालि प्रमुख कार्यकारी अधिकृत शिवाकोटीले बताउनुभयो । कालिञ्चोकको कुरीमा मेकपुरी भिलेज होटल सञ्चालन गर्दै आएका चन्द्र बहादुर तामाङले पछिल्लो समय पयर्टकको संख्यामा अत्याधिक वृद्धि भएको बताउनुभयो । अरु समयमा आफ्नो होटल खाली हुने गरेपनि अहिले भने भरिभराउ भएको उहाँले बताउनुभयो ।

उता, दोलखाको पयर्टकीय नगरी जिरीमा पनि कोरोना भाइरसको महामारी पछि पहिलो पटक होली पर्वको समयमा पर्यटकले खचाखच भरिएको छ । कोरोना महामारीसँगै लामो समयदेखि पयर्टकको संख्यामा शुन्यता छाएकोमा जिरीमा होली पर्वको समयमा आगमन हुने पर्यटको संख्यामा वृद्धि भएको हो । लामो समय आन्तरिक पर्यटकको संख्यामा कमी आएको होली पर्वको समयमा जिरीका होटल तथा लजहरु पयर्टकले भरिभराउ भएका हुन् ।

१८ चैत, २०७७ । ९ः२० बजे प्रकाशित ।

 

VIEWS: 1880 पटक हेरीएको
error: Content is protected !!