१४ वर्षीया बालिकालाई जवरजस्ती करणी गर्ने जिरीका एक पुरुष पक्राउ

4 months ago/Sunday, July 7th, 2019

जिरी (दोलखा), २२ असार ।

दोलखाको जिरी नगरपालिकाका एक पुरुष बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

जिरी नगरपालिका वडा नम्वर ४ का एक पुरुष १४ वर्षीया बालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका हुन् । जिरी नगरपालिका वडा नम्वर ४ का ४९ वर्षीय शान्त जिरेललाई सोही नगरपालिका वडा नम्वर ३ की १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी, प्रहरी निरिक्षक रेशम बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार बालिकालाई करिव एक वर्षदेखि विभिन्न डर धम्की देखाई जवरजस्ती करणी गरेको उजुरीपछि जिरेललाई बिहिबार आफ्नै घरबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका जिरेललाई जवरजस्ती करणी मुद्धामा दोलखा जिल्ला अदालतबाट एक साताको म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक बोहराले बताउनुभयो ।

रामेछापका अर्का युवक पनि पक्राउ

रामेछापको उमाकुण्ड गाउँपालिकाका एक युवक पनि जवरजस्ती करणीकै आरोपमा पक्राउ परेका छन् । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्वर ६ का पोषबहादुर श्रेष्ठ १५ वर्षीया बालिकालाई जवरजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका हुन् । रामेछाप घर भई जिरीमा बस्दै आएका श्रेष्ठलाई बुधबार जिरी बजार क्षेत्रबाटै पक्राउ गरिएको दोलखा प्रहरीले जनाएको छ । श्रेष्ठलाई पनि जवरजस्ती करणी मुद्धामा दोलखा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरी नरिक्षक बोहराले जानकारी दिनुभयो ।

२२ असार, २०७६ । २ः ०० बजे प्रकाशित ।

VIEWS: 15225 पटक हेरीएको
error: Content is protected !!