‘मेलुङ आलु महोत्सव’ आफैंमा महत्वपूर्ण छः गाउँपालिका अध्यक्ष श्रेष्ठ

4 weeks ago/Wednesday, October 16th, 2019

दोलखाको मेलुङ गाउँपालिकाले यहि कार्तिक १ र २ गते आलु महोत्सव २०७६ को आयोजना गर्दैछ । मेलुङ गाउँपालिकाको वडा नम्बर ३ घ्याङसुकाठोकर स्थित भुमेस्थानमा हुने आलु महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । व्यवासायीक आलु खेतिको प्रवद्र्धन, गाउँमै रोजगारी र आलु खेतिका माध्यमवाट मुलुकको अर्थतन्त्रमा सहयोग गर्न भन्दै आयोजना गर्न लागिएको आलु महोत्सवको सन्दर्भमा हामीले आयोजक मेलुङ गाउँपालिकाका अध्यक्ष नरवहादुर श्रेष्ठसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, सहकर्मी करुणा बस्नेतले गरेको कुराकानी ।

मेलुङ गाउँपालिकाले कार्तिक १ र २ गते आलु महोत्सवको आयोजना गर्न लागेछ । यो आलु महोत्सव नैं किन गर्न लाग्नु भएको ?

किनभने नेपाल अधिराज्यभरीमा थोरै ठाउँमा मात्रै आलु महोत्सवहरु आयोजना हुने गरेका छन् । हामीले मेलुङ गाउँपालिकाको तर्फबाट आर्थिक वर्ष २०७६÷७७ र तेस्रो गाउँसभाबाट मेलुङ आलु महोत्सव २०७६ सम्पन्न गर्ने भनेर गाउँ सभाले निर्णय गरेको थियो । कार्यपालिकाको बैठकले पनि घनिभुत रुपमा छलफल गरेर हामीले यो आलु महोत्सव गर्न लागेका हौँ । हाम्रो यो महोत्सवको उद्धेस्य भनेको मेलुङ गाउँपालिका वडा नम्बर ३ को माथिल्लो भेग भञ्जयाङ भन्दामाथि, मेलुङ गाउँपलिकाको ४ नम्वर वडाको वुद्धचोक भन्दा माथि र डाँडाखर्क भन्दामाथिका किसानहरुले अत्याधिक मात्रामा आलु उत्पादन गर्ने र त्यो उत्पादन भएको आलुको बजारीकरण नभएको स्थितिमा हामीले बजारीकरणका लागि पनि आलु महोत्सव गर्न लागेका हौं । गाउँपालिकामा आलुलाई व्यवसायीकरण गरेर जानुपर्छ भन्ने उद्धेस्यले हामीले आलु महोत्सवको आयोजना गरेको हो ।

परम्परागत तरिकाबाट जुन आलु उत्पादन हुन्छ त्यो उत्पादन भएको आलु र त्यसबाट बन्ने परिकारहरु पनि जनसमुदायहरुलाई चखाऔँ र अहिलेको परिवेशमा आलुको कसरी परिकार बनाएर खान सकिन्छ ? त्यसले स्वास्थ्यलाई के फाईदा गर्छ ? भनेर जानकारी दिने उद्धेस्यले यो महोत्सव हुँदैछ । कतिपयको मेलुङ गाउँपालिकामा आलु हुँदैन भन्ने बुझाई छ तर मेलुङ गाउँपालिकाको माथिल्लो भेगमा करोडौँको आलु उत्पादन हुन्छ । वर्षे आलु माथिल्लो भेगमा उत्पादन हुन्छ भने तामाकोशी कोरिडोर लगायतका सवै क्षेत्रमा हिउँदे आलु उत्पादन हुने भएकाले हामीले यसको प्रचारप्रसार गर्न र जनतालाई सुसुचित गराउन यो महोत्सवको आयोजना गरीएको हो ।

मेलुङ गाउँपालिकाको उपल्लो क्षेत्रमा अब्बल दर्जाको आलु उत्पादन हुने गरेको छ । शैलुङ र मेलुङ गाउँपालिकामा आलु उत्पादन हुने तर धेरै मानिसहरुले मुडेको आलु भन्ने गरेको कारण हामीले ‘मेलुङ आलु’ भनेर बोरा छपाईदेखि लिएर ग्रेडिङ, लेवलिङ र प्याकेजिङ गरेर नै विक्रि वितरण गर्ने पक्षमा छौँ । मेलुङ गाउँपलिकाले उत्पादन गरेको आलुलाई बजारीकरण गर्ने, त्यसलाई व्यवसायीकण गर्ने, ठुल्ठुला आलु भण्डार निर्माण गर्न तथा आलु विक्रिवितरणमा सरलीकृत गर्नका लागि पनि यो महोत्सव आयोजना गरीएको हो ।

मेलुङ मात्रै नभएर समग्र दोलखाको उच्च हिमाली क्षेत्रमा आलु खेति नैं प्रमुख खेतिको रुपमा मानिन्छ । मेलुङ गाउँपालिकाले नैं आलु महोत्सवको आयोजना गर्नुको खास कारण ?

तपाँईले एकदम राम्रो प्रश्न गर्नुभयो, खुसी लाग्यो मलाई । यो विषयमा मलाई धेरै मानिसहरुले प्रश्न गरीरहेका छन् । मेलुङ गाउँपालिकाका किसानको प्रमुख नगदे बाली आलु हो र प्रमुख आम्दानीको स्रोत पनि आलु खेती । अहिले लेक साईडका किसानहरुले तीन लाख, चार लाखसम्मको आलु विक्रिवितरण गरिरहेका छन् । मेलुङ गाउँपालिकाको उपल्लो क्षेत्रमा अब्बल दर्जाको आलु उत्पादन हुने गरेको छ । शैलुङ र मेलुङ गाउँपालिकामा आलु उत्पादन हुने तर धेरै मानिसहरुले मुडेको आलु भन्ने गरेको कारण हामीले ‘मेलुङ आलु’ भनेर बोरा छपाईदेखि लिएर ग्रेडिङ, लेवलिङ र प्याकेजिङ गरेर नै विक्रि वितरण गर्ने पक्षमा छौँ । मेलुङ गाउँपलिकाले उत्पादन गरेको आलुलाई बजारीकरण गर्ने, त्यसलाई व्यवसायीकण गर्ने, ठुल्ठुला आलु भण्डार निर्माण गर्न तथा आलु विक्रिवितरणमा सरलीकृत गर्नका लागि पनि यो महोत्सव आयोजना गरीएको हो ।

आलु महोत्सववाट चाँहि आलु खेतिको प्रवद्र्धन र किसानलाई कसरी सहयोग पुग्छ ? तँपाईसँग के छन् त्यस्ता योजना र कार्यक्रमहरु ?

मेलुङ गाउँपालिकाको आलु ग्रडिङ, लेवलिङ र प्याकेजिङ गर्नेकुरा अहिले हामीले पहिले व्यवस्थित गछौँ । मेलालाई नेपालमा रहेका वैज्ञानिकहरु, राजनितिक दलका अब्बल नेताहरुले सम्बोधन गर्नु हुनेछ । उद्घाटन शत्र सम्पन्न भइसकेपछि दोस्रो दिन हामी कार्यपत्र प्रस्तुत गछौँ, त्यहाँ किसानहरुलाई भेला गराउँछौ अनि आलु कसरी रोपण गर्न सकिन्छ, आलु रोपणबाट हुने फाइदाहरु, वेफाईदाहरु, के गर्दाखेरी पैसा कमाउन सकिन्छ ? भनेर वातावरण निर्माण गर्ने तयारी भएकाले हामीले आलु महोत्सवको विशेष योजना बनाएर लागिरहेका छौँ । यसले एउटा सन्देश पनि दिन्छ र आलुका परिकारहरु निर्माण गर्ने र हामीले उत्पादन गरेका आलु त्यतिकै घर–घरमा फालिएको हुन्छ । त्यो आलुबाट बनेका आधुनिक परिकार चखाउने, परम्परागत शैलीमा पनि आलु कसरी उपभोग गरिन्थ्यो भनेर हामी चखाउनेछौ । आलु महोत्सवमा आलुको प्रचारप्रसार, आलु हुने क्षेत्रको विज्ञापन गर्ने र धेरै मानिसहरुले मेलुङ गाउँपलिकामा उत्पादन हुने आलुको विषयमा जानकारी पाउँछन् भन्ने अपेक्षा गरेका छौँ ।

ग्रामिण क्षेत्रमा सडकको अवस्था राम्रो नहुँदा किसानले उत्पादन गरेको आलु बजारसम्म पु¥याउन समस्या भयो, भनेजस्तो मुल्य पाउन सकेनन् भन्ने जनगुनासो छ । यो अवस्थामा सडकको सुधार गर्नु पर्ने हो कि महोत्सव ?

एकदम राम्रो प्रश्न गर्नुभयो । पहिलो कुरा हामी महोत्सव पनि गर्दै जानेछौँ र सडक पनि निर्माण गछौँ । मेलुङ गाउँपालिकाको शितलीदेखि मेलुङको माने, बुद्धचोक हुँदै भैँसेसम्मको सडक हामी यसै पटक स्तरउन्नति गछौँ । आगामी वर्ष भन्ज्याङसम्म वर्खाको वेलामा पनि गाडी सञ्चालन गर्ने गरी लागी परेका छौँ । मेलुङ गाउँपलिकाको नयाँपुलदेखि बुद्धचोकसम्मको सडक करिव १९ किलो मिटरको सडक आगामी एक डेढ वर्षमा कालोपत्रे गर्ने कार्यक्रम रहेको छ । स्थानीय सवै सडकहरुको स्तरउन्नति गर्ने र हिउँद वर्खा नै गाडी चल्नेगरी योजना बनाईरहेका छौँ । हामीले सडकको लागि करोडौँ बजेट छुट्याएका छौँ । हामी सडकलाई पनि व्यवस्थित गर्दै जान्छौँ र महोत्सव पनि गर्दै जान्छौँ ।

खयर, यो कुरालाई यहि छाडौं । मेलुङ आलु महोत्सवका आकर्षणहरु के–के हुन् ? यो महोत्सव कसरी हुँदैछ र तयारी कहाँ पुग्यो ?

आर्कषणको सन्दर्भमा हामीसँग भएको स्थानीय स्टलहरुमा गाउँपालिकामा उत्पादन भएको अकबारे खुर्सानि, काँक्रो, बोडी, सिमी, केरा लगायतका स्टलहरु राख्ने छौं । स्थानीय स्तरमा निर्माण भएका मौलिक सामाग्रिहरुलाई प्रदर्शनीमा राख्ने छौं । आलु महोत्सव किन गरिरहेका छौं भन्ने कुराको जानकारी दिने पुस्तक जनताको हातहातमा दिने तयारी गरिरहेका छौं । यस्तै आलुको विषयलाई विस्तृतीकरण गर्न आलुको प्रशिक्षण कार्यक्रम, आलुको अन्तरक्रिया कार्यक्रम गर्छाै । गाउँपालिकाभरीका फोटो प्रर्दशनीका साथै स्थानीय व्यक्तिहरुले उत्पादन गरेको वस्तुको प्रर्दशन गर्नेछौं । पराम्परागत शैलिमा आलुको स्वाद चखाउने र आधुनिक आलु कस्तो हुन्छ भन्ने स्वाद चखाउने कार्यक्रम भएकाले यो विशेष खाले महोत्सव हो । यो महोत्सव दोलखामा पहिलो पटक मेलुङ गाउँपालिकाले धेरै सर्तकताका साथ गर्न गईरहेको छ । अर्काे कुरा स्थानीयरुपमा भएका हाम्रा कलाकारहरुद्धारा विविध सांस्कृतिक कार्यक्रमहरु पनि गर्ने कार्यक्रम रहेको छ ।

महोत्सवमा जुन आलुका परिकारहरु बन्छन्, ति परिकार पर्यटकलाई चखाउने कि, स्थानीयवासीलाई नैं ?

स्थानीयवासिलाई पनि आलु खाने तरीका थाहा छैन । हामी आलु उसिनेर खान्छौं तरकारीमा मात्रै प्रयोग गर्छौ । आलुका अन्य के–के परिकार बन्छन्, त्यसको स्वाद कस्तो हुन्छ ? भनेर स्थानीयलाई खुवाएपछि मात्रै त्यसको महत्व बुझ्ने भएकोले यो गर्न चाहेका हौं । आन्तारिक पर्यटक, धार्मिक पर्यटक सबै जना र स्थानीयलाई पनि हामि आलुका परिकार चखाउने कोसिस गछौं । तर, १० हजार मानिस हुनुभयो भने हामि सैलाई चखाउन सक्छौ कि सक्दैनौं यकिन भन्न सकिन्न । एउटा चिज भएपनि आलुको परिकार बनाएर चखाउने योजनामा रहेका छौं ।

आलुको विषयलाई विस्तृतीकरण गर्न आलुको प्रशिक्षण कार्यक्रम, आलुको अन्तरक्रिया कार्यक्रम गर्छाै । गाउँपालिकाभरीका फोटो प्रर्दशनीका साथै स्थानीय व्यक्तिहरुले उत्पादन गरेको वस्तुको प्रर्दशन गर्नेछौं । पराम्परागत शैलिमा आलुको स्वाद चखाउने र आधुनिक आलु कस्तो हुन्छ भन्ने स्वाद चखाउने कार्यक्रम भएकाले यो विशेष खाले महोत्सव हो । यो महोत्सव दोलखामा पहिलो पटक मेलुङ गाउँपालिकाले धेरै सर्तकताका साथ गर्न गईरहेको छ ।

त्यसो भए, यो महोत्सवमा बाह्य पाहुनाको सहभागिता कस्तो होला र कति बजेट खर्च होला ?

हामिले योजना बनाए अनुसार गाउँपालिकाको तर्फबाट पाँच लाख मात्रै खर्च हुने हो । मान्छेले अहिले धेरै हाउगुजीका कुराहरु गरिरहेका छन् । हामिले पाँच लाखभित्र सम्म समिति रहेर गर्न कोसिस गर्छाैं । तर, हामिलाई एक/ढेड लाख पैसा पुगेन भने हामिले फेरि गाउँसभाबाट थप बजेट विनियोजन गरेर यो महोत्सवलाई अझ भव्य र व्यवस्थीत गर्नेछौं । किनभने काठमाडौंबाट अथवा जिल्लास्तरबाट साउण्ड सिस्टम ल्याउनु पर्ने, महोत्सव भनेपछि मान्छेहरु रमाइलो पनि चाहन्छन् । हामि सँधै जोतेको जोत्यै हलोकै रुपमा बस्दैनौं, किसानहरुलाई पनि नचाउनु पर्छ । मेलुङ गाउँपालिकाले मेलुङ महोत्सव गर्दा खुसीयाली मनाउने कुरा पनि हो । त्यसैले हामिले पाँच लाख छुट्याएका छौं । पुगेन भने १, २ लाख फेरी थप गर्छौ । अन्त्यन्तै रमाईलो र सभ्य पाराले हामि यो महोत्सव गर्दैछौं । प्रदेश सरकार, संघीय सरकारको ध्यानाकर्षण गर्ने गरी हामिले यो महोत्वस गरेका हौं ।

अब मेलुङ गाउँपालिकामा आलु मात्रै हैन प्राङ्गारीक गाउँपालिका, अर्गानिक गाउँपालिका बनाउन बजेट विनियोजन गर्न प्रदेश सरकारका माननीय भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाज्युको ध्यानाकर्षण गराउने छौं । कृषिमा आधुनिकिकरण, यान्त्रिकरण गर्ने, वातावरण संरक्षणदेखि यहाँ भएको पर्यावरणलाई पनि संरक्षण गर्नुपर्ने स्थिति भएकाले मेलुङलाई परिचित गराउने, जनताको पैसा सहि रुपमा सदुपयोग गरे महोत्सव सम्पन्न गर्नेछौं । गाउँपालिकामा हामि निर्वाचित भएर आइसकेपछि पहिलो पटक आलु महोत्सव गर्न लागेका छौं भने पुषको अन्तिम वा माघको पहिलो हत्ताभित्र मेलुङ गाउँपालिका वडा नम्बर एकको पवटीमा सुन्तला महोत्सव गर्दैछौं ।

त्यसका कारण यो महोत्सव हामि सबैको अवसर र मेलुङ गाउँपालिकाबासिको गौरवको कार्यक्रम हो । सम्पूर्ण महानुभावहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु ।

२९ असोज २०७६ । ६ः०० बजे प्रकाशित

VIEWS: 1695 पटक हेरीएको
error: Content is protected !!